कार्यविवरण

  • आधुनिक सूचना प्रविधिको उपयोग गरी भूमिसँग सम्वन्धित श्रेस्ता, नक्सा लगायतका सम्पूर्ण सूचनाहरुलाई कम्प्यूटर प्रणालीमा प्रविष्ट गराई जनतालाई भरपर्दो सरल, सहज सेवा/सूचना प्रवाह गराउन भू-सूचना प्रणाली (LIS) को विकासमा सहयोग पुर्‍याउन समन्वय गर्ने र सोको लागि एकद्वार प्रणालीलाई माध्यम वनाउने।
  • भूमिको उपयोगद्वारा कृषिको उत्पादकत्व वृद्धि गर्न एवम गरिवी निवारण तथा वातावरण संरक्षण कार्यमा समेत सहयोग पुर्‍याउने गरी नीति निर्माता, अनुसन्धानकर्ता तथा उपभोक्ताहरुलाई वस्तुपरक भू-सूचना उपलव्ध गराउन समन्वय गर्ने।
  • E-Governance System  लागू गर्ने सन्दर्भम IT Focal Person को रुपमा कार्य गर्ने।
  • भू-सूचनालाई विश्‍वसनीय, गुणस्तरयुक्त र वस्तुपरक वनाउने र भू-सूचनालाई उपभोक्ता माझ सहज पहूँच हुने व्यवस्था गर्ने।
  • भरपर्दो भू-सूचना प्रणालीको विकास गर्न प्रादशिक र राष्ट्रिय क्षेत्रमा स्थापित सम्वन्धित निकायहरुसँग सम्पर्क र समन्वय कायम गरी प्रविधि विकास र हस्तान्तरण गर्न सघाउ पु-याउने र Pro-Active Role समेत निर्वाह गर्ने।
  • भू-सूचना प्रणालीलाई National Geographic Information System (राष्ट्रिय भौगोलिक सूचना प्रणाली) सँग आवद्ध गराउन प्रभावकारी भुमिकाका लागि पहल गर्ने।
  • भू-सूचना प्रविधिसँग सम्वन्धित अध्ययन, अनुसन्धान, गोष्ठी, सेमिनार आदिमा भाग लिई Continuous Professional Development (CPD) का लागि पहल गर्ने।